कांग्रेस मन्त्रीको राजीनामाबारे प्रधानमन्त्रीलाई सोध्नुस्: उपप्रधानमन्त्री खड्का

सफल खबर संवाददाता

सोमबार, २१ फागुन २०८०, ११ : ००
कांग्रेस मन्त्रीको राजीनामाबारे प्रधानमन्त्रीलाई सोध्नुस्: उपप्रधानमन्त्री खड्का

काठमाडौँ । नेपाली काँग्रेसका मन्त्रीहरूको राजीनामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्णयमा निर्भर रहने भएको छ । प्रधानमन्त्री प्रचण्डले नयाँ सत्ता समीकरणको बाटो राजेपछि कांग्रेसलाई सरकारबाट बाहिरिनुपर्ने बाध्यता देखिएको छ । तर, अहिलेसम्म कांग्रेसले राजीनामाबारे निर्णय लिइसकेको छैन ।

बरु काँग्रेसका मन्त्रीहरुले राजीनामा लागि प्रधानमन्त्रीको निर्णय पर्खेको देखिन्छ । कांग्रेसबाट सरकारमा नेतृत्व गरिरहेका उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले आफूहरूको राजीनामाबारे प्रधानमन्त्रीलाई सोध्नुपर्ने प्रतिक्रिया दिए । काँग्रेसका मन्त्रीको राजीनामाबारे सोध्दा उपप्रधानमन्त्री खड्काले भने, ‘यो कुरा प्रधानमन्त्रीलाई सोध्नुहोस् ।’

आगामी रणनीति बनाउन अहिले कांग्रेस पदाधिकारी बैठक बसिरहेको छ । 

प्रतिक्रिया दिनुहोस