इस्लामवाद। पाकिस्तानमा सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लगाउने तयारी भइरहेको छ । त्यहाँको संसदमा एउटा प्रस्ताव पेस गरिएको छ । यसमा फेसबुक, एक्स, युट्युब र इन्स्टाग्रामलगायत सबै सामाजिक सञ्जाल प्लेटफर्ममा प्रतिबन्ध लगाउने माग गरिरहेका छन् । पाकिस्तान पिपल्स पार्टीका सांसद बहरामन्द तांगीले संसदमा सो प्रस्ताव पेस गरेका हुन् ।
रोचक कुरा चाहिँ के छ भने तांगीको कार्यकाल मार्च ११ मा सकिँदै छ । ‘सामाजिक सञ्जालको नकारात्मक असरबाट युवा पुस्तालाई जोगाउन यसलाई प्रतिबन्ध लगाउनुपर्छ ।’ प्रस्तावमा भनिएको छ । सामाजिक सञ्जालले देशको युवा पुस्तालाई नराम्ररी प्रभावित गरिरहेको अनि धर्म र संस्कृतिविरुद्ध सामाजिक सञ्जालको प्रयोग भइरहेको प्रस्तावमा उल्लेख गरिएको छ । यसले गर्दा आम मानिसबिच भाषा र धर्मका आधारमा घृणा बढ्दै गएको पनि प्रस्तावमा बताइएको छ । सामाजिक सञ्जालको प्रयोग राष्ट्रिय हितमा नभएको दाबी तांगीको छ ।
सामाजिक सञ्जालमार्फत देशका सुरक्षा निकायविरुद्ध कुप्रचार भइरहेको उनको तर्क छ । सामाजिक सञ्जालमा झुटा समाचारहरू प्रसारित भइरहेको र यसले नक्कली नेतृत्वलाई बढवा दिने भन्दै उनले आफ्ना तर्कहरू अगाडि सारिरहेका छन् ।
हालै सम्पन्न आम निर्वाचनमा सामाजिक सञ्जालको भूमिका निकै बलियो देखिएको थियो । पूर्व क्रिकेटर तथा पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पीटीआईमा सबै खालको सरकारी प्रतिबन्ध र दबाबको बाबजुद सामाजिक सञ्जालकै बलमा खानको पार्टीले समर्थन गरेका उम्मेदवारहरूले अधिकतम सङ्ख्यामा सिट जितेका थिए । यस्तो बेलामा पाकिस्तानमा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने माग उठिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० फागुन २०८०, ११ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला
भारत र पाकिस्तानबीच आज वार्ता हुँदै
साउदी विदेशमन्त्रीले गरे भारत र पाकिस्तानसँग तनाव कम गर्नेबारे छलफल
पाकिस्तानद्वारा भारतविरुद्ध ‘अपरेसन बुनियान मरसुस’ सुरु
भारतले क्षेप्यास्त्र हान्यो, जवाफ दिन हाम्रो सेना तम्तयार: पाकिस्तान
भारतले सबै अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको अमेरिकी राजदूतलाई पाकिस्तानद्वारा जानकारी