इस्लामवाद। पाकिस्तानमा सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लगाउने तयारी भइरहेको छ । त्यहाँको संसदमा एउटा प्रस्ताव पेस गरिएको छ । यसमा फेसबुक, एक्स, युट्युब र इन्स्टाग्रामलगायत सबै सामाजिक सञ्जाल प्लेटफर्ममा प्रतिबन्ध लगाउने माग गरिरहेका छन् । पाकिस्तान पिपल्स पार्टीका सांसद बहरामन्द तांगीले संसदमा सो प्रस्ताव पेस गरेका हुन् ।
रोचक कुरा चाहिँ के छ भने तांगीको कार्यकाल मार्च ११ मा सकिँदै छ । ‘सामाजिक सञ्जालको नकारात्मक असरबाट युवा पुस्तालाई जोगाउन यसलाई प्रतिबन्ध लगाउनुपर्छ ।’ प्रस्तावमा भनिएको छ । सामाजिक सञ्जालले देशको युवा पुस्तालाई नराम्ररी प्रभावित गरिरहेको अनि धर्म र संस्कृतिविरुद्ध सामाजिक सञ्जालको प्रयोग भइरहेको प्रस्तावमा उल्लेख गरिएको छ । यसले गर्दा आम मानिसबिच भाषा र धर्मका आधारमा घृणा बढ्दै गएको पनि प्रस्तावमा बताइएको छ । सामाजिक सञ्जालको प्रयोग राष्ट्रिय हितमा नभएको दाबी तांगीको छ ।
सामाजिक सञ्जालमार्फत देशका सुरक्षा निकायविरुद्ध कुप्रचार भइरहेको उनको तर्क छ । सामाजिक सञ्जालमा झुटा समाचारहरू प्रसारित भइरहेको र यसले नक्कली नेतृत्वलाई बढवा दिने भन्दै उनले आफ्ना तर्कहरू अगाडि सारिरहेका छन् ।
हालै सम्पन्न आम निर्वाचनमा सामाजिक सञ्जालको भूमिका निकै बलियो देखिएको थियो । पूर्व क्रिकेटर तथा पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पीटीआईमा सबै खालको सरकारी प्रतिबन्ध र दबाबको बाबजुद सामाजिक सञ्जालकै बलमा खानको पार्टीले समर्थन गरेका उम्मेदवारहरूले अधिकतम सङ्ख्यामा सिट जितेका थिए । यस्तो बेलामा पाकिस्तानमा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने माग उठिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० फागुन २०८०, ११ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानको क्वेटामा रेलमार्ग नजिक विस्फोट, २० जनाको मृत्यु, दर्जनौँ घाइते
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै
पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई हमला, ४०० जनाको मृत्यु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु