विभागद्वारा न्यून गुणस्तरका तीन औषधि बिक्रीवितरणमा रोक

रासस

शनिबार, १९ फागुन २०८०, १४ : ३७
विभागद्वारा न्यून गुणस्तरका तीन औषधि बिक्रीवितरणमा रोक

काठमाडौँ। औषधि व्यवस्था विभागले तीन वटा औषधिको बिक्रीवितरणमा रोक लगाएको छ ।विभागका महानिर्देशक नारायणप्रसाद ढकालले राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर पाइएकाले ती औषधिको बिक्रीवितरणमा रोक लगाएको बताए ।

उनका अनुसार लोमस फर्मास्युटिकल्स प्रालिद्वारा उत्पादित ‘मेट्रो सस्पेन्सन’ नामक मेट्रोनिडाजोल २०० एमजी र ‘हेल्माप्रेन’ नामक अबलेन्डाजोल ४०० एमजी ट्याब्लेट तथा फर्माको इन्टस्ट्रीज लिमिटेडद्वारा उत्पादित ‘मेट्रो पी’ नामक मेट्रोनिडाजोल २०० एमजीको औषधिमा न्यून गुणस्तर पाइएको हो । उनले ती औषधि बजारमा रहे पनि तुरुन्तै फिर्ता लैजान कम्पनीलाई निर्देशन दिइएको बताए ।