मोरङ। मोरङमा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बेलबारी नगरपालिका - २ का २२ वर्षीय अभिषेक श्रेष्ठ छन् ।उनलाई बिहीवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
श्रेष्ठले ती किशोरीलाई मंगलवार आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरी प्रहरीमा परेको थियो ।सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ फागुन २०८०, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ