सरकारको कामलाई २० अंकभन्दा बढी दिने अवस्था छैन: महामन्त्री थापा

सरकारका कामबारे कांग्रेस महामन्त्रीको मूल्याङ्कन

सफल खबर संवाददाता

विहीबार, १७ फागुन २०८०, १४ : ४०
सरकारको कामलाई २० अंकभन्दा बढी दिने अवस्था छैन: महामन्त्री थापा

काठमाडौं।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीसमेत सम्मिलित सरकारको कामलाई २० अंकभन्दा बढी दिने अवस्था नरहेको बताएका छन् । प्रधानमन्त्री स्वयंले ४० प्रतिशतभन्दा कम मूल्याङ्कन गरेकाले उदार भएर २० अंकभन्दा बढी दिन नसकिने उनले स्पष्ट पारेका हुन् ।

बिहीवार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा महामन्त्री थापाले देशको अर्थतन्त्रको अवस्था सन्तोषजनक नभएको बताए । ‘अहिलेको अर्थतन्त्रको अवस्थामा धेरै कुरा भनिराख्नु परेन । सरकार आफैंले गर्नुपर्ने कामको सन्दर्भमा कति अंक दिनुहुन्छ ? प्रधानमन्त्रीले आफैंले ४० दिनुभएको छैन भने हामीले उदार भएर २० प्रतिशतभन्दा दिने अवस्था छैन,’ उनले भने ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजश्व अनुसन्धान विभागको काम सम्बन्धमा राज्य व्यवस्थाले राखेको बैठकमा कांग्रेस महामन्त्री थापाले सरकारको कामलाई २० प्रतिशतभन्दा बढी अंक दिन नसकिने बताएका हुन् ।

उनले यी विभाग प्रधानमन्त्री मातहत लैजाने केपी ओली सरकारको निर्णयको विरोध गरेका नेताहरू प्रधानमन्त्री भएपनि निरन्तरता दिएको बताए । 

 

प्रतिक्रिया दिनुहोस