काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी हेरफेर गर्ने भएको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकमा प्रदेश इन्चार्जमा नयाँ नेताहरूलाई पठाउने प्रस्ताव भएको सचिव दिनानाथ शर्माले बताए ।
उनका अनुसार कोशीमा हरिबोल गजुरेल, मधेसमा लीलामणि पोखरेल, बागमतीमा अग्नीप्रसाद सापकोटा, गण्डकीमा दीनानाथ शर्मा, लुम्बिनीमा चन्द्रप्रकाश खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेलको नाम आजको बैठकमा प्रस्ताव भएको छ ।
भोलि बिहान ८ बजे बस्ने बैठकले यो प्रस्तावलाई पारित गर्ने बताए । उनले भने, ‘आज प्रदेश इन्चार्जको नाम प्रस्ताव भएको छ । अब भोलि बस्ने बैठकले टुंग्याउँछ । अन्य केही कमिटी र सहइन्चार्जसहित केही विषय टुंगिन बाँकी छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ फागुन २०८०, १३ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने