प्रभु बैंकका डीसीइओ मनोज न्यौपानेसहित ९ जना सिआइबीद्वारा पक्राउ

सफल खबर संवाददाता

मंगलबार, १५ फागुन २०८०, १२ : ०३
प्रभु बैंकका डीसीइओ मनोज न्यौपानेसहित ९ जना सिआइबीद्वारा पक्राउ

काठमाडौं। ऋण प्रवाह दुरुपयोग गरेको आरोपमा सेन्चुरी बैंकका तत्कालीन सीईओ मनोज न्यौपानेसहित ९ जना पक्राउ परेका छन्।न्यौपाने हाल प्रभु बैंकका डेपुटी सीईओ हुन्। उनले सोही सीईओको पद दुरुपयोग गर्दै मनोमानी ढंगले ऋण प्रवाह गरेका थिए ।

सेन्चुरी बैंक हालै मात्र प्रभुमा मर्ज भएको थियो। प्रभुले प्राप्ति गरेपछि मनोज न्यौपानेलाई डीसिईओ बनाएको हो । गत पुसमा प्रभुले सेन्चुरीलाई १ः१ को स्वाप अनुपात प्राप्ति गरेको हो ।सेन्चुरी बैंक रहँदा भएको घटनामा उनीहरूलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस