काठमाडौँ । सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको म्याद फेरि थप गर्न सिफारिस गरिएको छ। आयोगका अध्यक्ष डिल्लीराज आचार्यले प्रतिवेदन लेखनलाई अन्तिम रूप दिन अझै समय लाग्ने भन्दै १५ दिन म्याद थप गर्न सिफारिस गरिएको जानकारी दिए ।
सरकारले गत असोज १५ गते आचार्यको अध्यक्षतामा आयोग गठन गर्ने निर्णय गरेको थियो । जसअनुसार प्रारम्भमा ३ महिनाको कार्यावधि प्राप्त गरेकोमा २ महिना अवधि थप भइसकेको छ । यहीबिचमा केन्द्रीय अनुसन्धान ब्युरोबाट थप प्रमाण र तथ्यहरू प्राप्त हुन आएको भन्दै समितिले सोको अध्ययन विश्लेषण गर्न र केही निकायहरूबाट विवरणहरू तथा जवाफ प्राप्त हुन बाँकी रहेकाले निर्धारित समय फागुन १५ गतेभित्र प्रतिवेदन प्रस्तुत गर्न केही समय नपुग हुने देखिएको आचार्यले बताए ।
यसर्थ यही फागुन मसान्तभित्र प्रतिवेदन प्रस्तुत गर्ने गरी अवधि थप हुन गर्न गृह मन्त्रालय मार्फत मन्त्रिपरिषद् समक्ष अनुरोध गरिएको उनको भनाइ छ । अबको अवधिमा आयोग प्राप्त प्रमाणहरूको अध्ययन, विश्लेषण र प्रतिवेदन तयारीमा रहने हुँदा यो अवधिलाई आयोगको मौन अवधिका रूपमा बुझ्नुपर्ने आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ फागुन २०८०, १६ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जाँचबुझ आयोगले भन्यो : ‘सहकारीलाई मनपरी कार्यक्षेत्र विस्तार अनुमति दिनु मुख्य समस्या’
सुरक्षा निकायको समन्वय अभाव र मिथ्या सूचनाको डढेलोः भदौ २३–२४ को ‘राष्ट्रिय क्षति’
‘पूर्वाग्रही’ प्रतिवेदन : एमाले, कार्यान्वयन ‘रास्वपा सरकारको हातमा’ : पूर्व प्रधानमन्त्री भट्टराई
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न आग्रह
जाँचबुझ आयोगमा बालेनले पठाए लिखित जवाफ
पूर्व गृहमन्त्री लेखकको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्था जाँचबुझ आयोगद्वारा फुकुवा