काठमाडौँ । सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको म्याद फेरि थप गर्न सिफारिस गरिएको छ। आयोगका अध्यक्ष डिल्लीराज आचार्यले प्रतिवेदन लेखनलाई अन्तिम रूप दिन अझै समय लाग्ने भन्दै १५ दिन म्याद थप गर्न सिफारिस गरिएको जानकारी दिए ।
सरकारले गत असोज १५ गते आचार्यको अध्यक्षतामा आयोग गठन गर्ने निर्णय गरेको थियो । जसअनुसार प्रारम्भमा ३ महिनाको कार्यावधि प्राप्त गरेकोमा २ महिना अवधि थप भइसकेको छ । यहीबिचमा केन्द्रीय अनुसन्धान ब्युरोबाट थप प्रमाण र तथ्यहरू प्राप्त हुन आएको भन्दै समितिले सोको अध्ययन विश्लेषण गर्न र केही निकायहरूबाट विवरणहरू तथा जवाफ प्राप्त हुन बाँकी रहेकाले निर्धारित समय फागुन १५ गतेभित्र प्रतिवेदन प्रस्तुत गर्न केही समय नपुग हुने देखिएको आचार्यले बताए ।
यसर्थ यही फागुन मसान्तभित्र प्रतिवेदन प्रस्तुत गर्ने गरी अवधि थप हुन गर्न गृह मन्त्रालय मार्फत मन्त्रिपरिषद् समक्ष अनुरोध गरिएको उनको भनाइ छ । अबको अवधिमा आयोग प्राप्त प्रमाणहरूको अध्ययन, विश्लेषण र प्रतिवेदन तयारीमा रहने हुँदा यो अवधिलाई आयोगको मौन अवधिका रूपमा बुझ्नुपर्ने आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ फागुन २०८०, १६ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जाँचबुझ आयोगमा बालेनले पठाए लिखित जवाफ
पूर्व गृहमन्त्री लेखकको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्था जाँचबुझ आयोगद्वारा फुकुवा
जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलायो
जाँचबुझ आयोग अपडेट : आईजीपीसँग स्पष्टीकरण, रविसँग करिब साढे सात घण्टा बयान
जाँचबुझ आयोगले रवि लामिछानेसँग सोधपुछ गर्दै
जाँचबुझ आयोगका अध्यक्ष कार्कीसहित पदाधिकारीहरूविरुद्ध सर्वोच्चमा रिट दायर