विश्वविद्यालयमा ठाडो राजनीतिक हस्तक्षेप भइरहेको छ : सांसद रावल

सफल खबर संवाददाता

सोमबार, १४ फागुन २०८०, १२ : ४६
विश्वविद्यालयमा ठाडो राजनीतिक हस्तक्षेप भइरहेको छ : सांसद रावल

काठमाडौँ । राष्ट्रियसभा सदस्य दिलकुमारी थापा रावलले विश्वविद्यालयभित्र ठाडो राजनीतिक हस्तक्षेप भइरहेको बताएकी छन् ।  सोमवारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले गुणस्तरीय र उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीहरुको संख्या भन्दै सरकारले त्यसमा आवश्यक ध्यान दिन जरुरी रहेको बताइन् ।

उनले चितवनमा रहेको कृषि तथा वन विश्वविद्यालय मुलुकको आवश्यकतामा आधारित प्राविधिक जनशक्ति उत्पादन गर्न र विश्वविद्यालयलाई प्राज्ञिक मर्यादा कायम राख्न नसकेको बताइन् । उनले विश्वविद्यालयको संरचनामा परिवर्तन र सुदृढीकरण गर्न ढिला भइसकेको पनि बताइन् ।

उनले भनिन्, ‘पछिल्लो समय गुणस्तरीय र उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीहरुको संख्या बढिरहेको छ । चितवनमा रहेको कृषि तथा वन विश्वविद्यालय मुलुकको आवश्यकतामा आधारित प्राविधिक जनशक्ति उत्पादन गर्न र विश्वविद्यालयलाई प्राज्ञिक मर्यादा कायम राख्न सकेका देखिँदैन । विश्वविद्यालयभित्र ठाडो राजनीतिक हस्तक्षेप देखिन्छ । त्यसैले विश्वविद्यालयको संरचनामा परिवर्तन र सुदृढिकरण गर्न ढिला भइसकेको छ ।’

उनले विश्वविद्यालयको प्रभावकारी व्यवस्थापनमार्फत पनि विद्यार्थीहरुलाई स्वदेशमै रोक्न सकिने बताइन् ।

प्रतिक्रिया दिनुहोस