गायिका समीक्षा अधिकारीको स्वरमा नयाँ गीत सार्वजनिक

सफल खबर संवाददाता

आइतबार, १३ फागुन २०८०, १५ : १७
गायिका समीक्षा अधिकारीको स्वरमा नयाँ गीत सार्वजनिक

चितवन । गायक विज्ञान न्यौपाने र गायिका समीक्षा अधिकारीको स्वरमा डिजेल गाडी बोलको गीत सार्वजनिक भएको छ । नेपमेलो र गायक विज्ञान न्यौपानेको संयुक्त प्रस्तुति रहेको गीतमा शब्द लय र म्युजिक प्रोडक्सन समीर आचार्य र नेपमेलो स्टुडियो को रहेको छ ।

शनिबार नेपमेलो युटुयुब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा देवेन्द्र बब्लु र करिष्मा ढकालको जोडीलाई देख्न सकिन्छ । भिडियोलाई सान थापाले गरेका हुन् । अर्जुन तिवारीले छायांकन गरेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस