सय रन नपुग्दै नेपालले गुमायो ६ विकेट

सफल खबर संवाददाता

आइतबार, १३ फागुन २०८०, १२ : १२
सय रन नपुग्दै नेपालले गुमायो ६ विकेट

काठमाडौं। आईसीसी विश्वकप लिग २ मा नेदरल्याण्ड्सविरुद्ध नेपालले ६ विकेट गुमाएको छ ।टस हारेपछि ब्याटिङमा उत्रिएको नेपालले एक सय रन नजोड्दै ६ विकेट गुमाएको हो । दीपेन्द्रसिंह ऐरी २७.४ ओभरमा दुर्भाग्यपूर्ण रुपमा रनआउट हुन पुगे ।रन आउट हुनु अघि उनले ११ बल खेल्दा जम्मा १ रन मात्रै जोड्न सके । 

 

 

नेपालको लागि आशिफ शेखले १७, रोहित पौडेलले १६, अनिल साह ७ र कुशल मल्ल २ रन बनाएर आउट भएका छन् ।यस्तै भीम सार्की ८ बल खेल्दा खाता नै नखोली आउट भए ।अरु ब्याटरले साथ नदिए पनि ओपनर भुर्तेत अर्धशतक नजिक पुगेका छन् । 

नेपाल ३० ओभरमा ९६ रन जोड्दा ६ विकेट गुमाएको स्थितिमा खेलिरहेको छ ।