शान्ति प्रक्रियाको काम टुङ्गिएपछि जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाउँछौँ : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

शुक्रबार, ११ फागुन २०८०, १४ : ५७
शान्ति प्रक्रियाको काम टुङ्गिएपछि जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाउँछौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाको बाँकी काम टुङ्गिएपछि जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रूपमा फेरि मनाउन पाउने विश्वास व्यक्त गरेका छन् । २३ औँ मजदुर बलिदानी दिवस तथा पुस्तक विमोचन कार्यक्रममा बोल्दै आफूले बिदा घोषणा गरेपनि अदालतले रोकेको बताए ।

उनले भने, ‘राज्यले शहीदहरूलाई राष्ट्रिय सम्मान दिएर जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस र बिदा पनि मैले गरेको थिएँ गत साल । सरकारकै क्यालेण्डरमा जनयुद्ध दिवस बिदा भनेर लेखिएको छ । तर, अदालतले शान्ति प्रक्रिया पूरै नटुङ्गिएको हुँदा यो दिवस मनाउँदाखेरि रोकेको छ । हामीले त्यो भनाइलाई केही कमेन्ट गरेको छैन । म त झन् प्रधानमन्त्री भएकाले त्यसमा कमेन्ट गर्न पनि अप्ठ्यारो हुन्छ । तर, हामीले त मनायौँ । सरकारको तर्फबाट एक पटक निर्णय भइसकेको छ ।’

प्रतिक्रिया दिनुहोस