सिटिजन्स बैंकद्वारा वृद्धाश्रमलाई सहयोग

सफल खबर संवाददाता

शुक्रबार, ११ फागुन २०८०, १४ : १७
सिटिजन्स बैंकद्वारा वृद्धाश्रमलाई सहयोग

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बसन्तपुर– ८ बालापुर, रुपन्देहीमा अवस्थित श्री सत्य साई वृद्धाश्रमलाई सहयोग प्रदान गरेको छ ।

ज्येष्ठ नागरिकहरूलाई आश्रय दिई रहेको सो संस्थालाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न दैनिक उपभोग्य खाद्यान्न सामाग्री र अन्य सामाग्रीहरू उपलब्ध गराएको छ । विभिन्न दाताबाट प्राप्त सहयोगबाट वृद्धाश्रम सञ्चालन भइरहेको छ ।

वृद्धाश्रममा आज आयोजित एक समारोहबिच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलज्यूले सहयोग स्वरूप सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले वृद्धाश्रममा आश्रित व्यक्तिहरूको जीविकोपार्जन तथा सहजीकरणको निमित्त उक्त सामाग्रीहरू संस्थालाई हस्तान्तरण गरि मानवसेवामा समर्पित हुन पाउँदा हर्षित भएको बताए ।