काठमाडौँ । शुक्रबार बस्ने भनिएको माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । रूपान्तरण अभियानको मूल्याङ्कन, आगामी अभियानको तयारी, कार्यविभाजन लगायत एजेन्डामा छलफल गर्न माओवादीले बैठक बोलाएको थियो । स्थगित बैठक आइतबार बिहान ११ बजे बस्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण बैठक स्थगित भएको उनले बताए ।
‘प्रधानमन्त्रीज्यूको कार्यव्यस्तताका कारण बैठक स्थगित भएको । आइतबार बिहान बस्छ’, उनले भने । बिहीबार बसेको बैठकमा १० प्रदेशका इन्चार्जहरूले अभियानको समीक्षात्मक रिपोर्ट प्रस्तुत गरेका थिए । आजको बैठकमा काम गर्ने-नगर्ने नेताहरूको मूल्याङ्कन गरी पुरस्कार र सजाय घोषणा गर्ने कार्यसूची रहेको थियो । साथै चैत–बैशाखमा सञ्चालन हुने अभियानबारे छलफल गरी नेताहरूको कार्यविभाजन हुने सापकोटाले बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ फागुन २०८०, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने
सरकार अधिनायकवादतर्फ गयो: माओवादी केन्द्र
माओवादी केन्द्रले अब पार्टी कमिटीलाई श्रम तथा उत्पादन अभियानसँग जोड्ने