प्रियंका ‘मिस वर्ल्ड’को उत्कृष्ट २५ मा प्रवेश

सफल खबर संवाददाता

शुक्रबार, ११ फागुन २०८०, १० : ५९
प्रियंका ‘मिस वर्ल्ड’को उत्कृष्ट २५ मा प्रवेश

काठमाडौँ । विश्व सुन्दरी प्रतियोगिता ‘मिस वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी प्रियंकारानी जोशी उत्कृष्ट २५ भित्र पर्न सफल भएकी छन् । कूल ११७ प्रतियोगी सहभागी प्रतिस्पर्धामा ब्युटी विथ पर्पस विधामा प्रस्तुत गरेको स्पिच र सन् २०२३ मा राष्ट्रसङ्घीय दिगो विकास लक्ष्यको विषयमा बनाएको भिडियोका २५ जना छनोट भएका हुन् । 

छानिएका प्रतियोगी सबै अव ‘हेड टु हेड च्यालेन्ज’मा पुगेका छन् । यसमा छनोट हुन सके सीधै अन्तिम १५ वा २० मा प्रवेश पाउनेछन् । ‘हेड टु हेड च्यालेन्ज’मा प्रतिस्पर्धा आज दिल्लीको भारत मण्डपमा आयोजना हुनेछ । यो ठाउँमा जी–२० सम्मेलन पनि आयोजना भएको थियो । मिस वर्ल्डको यो ७१ औं संस्करण हो । यसको फाइनल  ९ मार्चमा मुम्बईमा आयोजना हुनेछ । प्रियंका मिस नेपाल २०२२ की विजेता हुन् ।

प्रतिक्रिया दिनुहोस