फागुन १३ देखि नारायणगढ-मुग्लिन सडक बन्द नहुने

सफल खबर संवाददाता

विहीबार, १० फागुन २०८०, २० : ५६
फागुन १३ देखि नारायणगढ-मुग्लिन सडक बन्द नहुने

काठमाडौँ । दैनिक चार घण्टा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आएको नारायणगढ-मुग्लिन सडक-खण्ड फागुन १३ गतेदेखि बन्द नगरिने भएको छ। तेस्रो पटक थपेको म्याद यही फागुन १२ गते सकिँदैछ। पुल निर्माणका लागि भित्तो काट्नुपर्ने काम अन्तिम चरणमा पुगेकाले अबको कामका लागि सवारी रोक्नु नपर्ने भएको हो।

नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन)का प्रमुख केदार नेपालका अनुसार पुस ७ गतेदेखि क्रमशः २१ दिनका दरले तेस्रो पटक सडक बन्द गरेर काम गरिएको हो।

कूल ६३ दिनमा माघेसङ्क्रान्तिमा दुई दिनमा अर्को एक दिन गरी तीन दिनबाहेक ६० दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर काम गरिएको हो। त्यहाँको ढिस्को भत्काउने काम अब तीन मिटर मात्रै बाँकी छ।

 

प्रतिक्रिया दिनुहोस