नारायणगढ-मुग्लिन सडकखण्डमा सवारी आवागमन सुरु

सफल खबर संवाददाता

आइतबार, ०५ असोज २०८२, १८ : १३
नारायणगढ-मुग्लिन सडकखण्डमा सवारी आवागमन सुरु

काठमाडौँ । नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत तुइन खोलानेर खसेको पहिरो हटाइसकिएको छ । पहिरो हटाइसकेकाले सवारी आवागमन सुरु भएको छ ।

पहिरो खसेपछि गत शुक्रबारदेखि सडक पूर्णरुपमा अवरुद्ध भएको थियो । नारायणगढ र मुग्लिनतर्फबाट मेसिन प्रयोग गरी आज बिहान चार बजेदेखि पहिरो पन्छाउन सुरु गरिएको थियो ।

आइतबार अपराह्न सवा ४ बजेबाट राजमार्ग एकतर्फी सुचारु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । प्रहरीका अनुसार पहिरो पन्छाए पनि माथि भीरबाट ढुंगा तथा माटो खस्ने क्रम रोकिएको छैन ।

राजमार्ग बन्द हुँदा सयौँ यात्रु शुक्रवार साँझदेखि सडकमै अलपत्र परेका छन् । 

प्रतिक्रिया दिनुहोस