संस्थागत मुद्दती निक्षेपलाई दिने ब्याजको सीमा बढ्यो

सफल खबर संवाददाता

विहीबार, १० फागुन २०८०, १९ : २८
संस्थागत मुद्दती निक्षेपलाई दिने ब्याजको सीमा बढ्यो

काठमाडौँ । संस्थागत मुद्धति निक्षेपमा प्रदान गर्ने ब्याजदरको सीमा बढेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यान्वयनका लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई सर्कुलर जारी गर्दै संस्थागत मुद्दती निक्षेप खातामा दिने ब्याजदरको सीमा बढाएको हो ।

यसअघि संस्थागत मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदर सर्वसाधारणलाई मुद्दतीमा प्रदान गर्ने ब्याजभन्दा २ प्रतिशतले न्यून हुनुपर्ने व्यवस्था थियो ।  यो व्यवस्थालाई संशोधन गर्दै राष्ट्र बैंकले सर्वसाधारणको मुद्दती निक्षेपमा दिनेभन्दा १ प्रतिशत बिन्दुले मात्रै कम हुनुपर्ने व्यवस्था गरेको हो ।

प्रतिक्रिया दिनुहोस