काठमाडौं । आज दिउँसो काठमाडौं उपत्यकासहित केही भेगमा हल्का पानी परेको छ। अहिले पनि मेघगर्जनसहित केही क्षेत्रमा छिटपुटदेखि हल्कापानी परिरहेको जल तथा मौसम विज्ञानको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
चितवन , काठमाडौं, ललितपुर, पाल्पा र दाङका केही स्थानमा पानी परेको मौसमविद् गोविन्द झाले जानकारी दिए। उनका अनुसार देशका केही भेगहरुमा आज असिना पानीसमेत परेको छ। आज बिहान कोशी र मधेश प्रदेशका केही स्थानमा पनि पानी परेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपात भइरहेको छ। पश्चिमी वायूको प्रभाव भोलिबाट भने कम हुने र सामान्यतया मौसम सफा रहने मौसविद् झाले बताए।
अब विस्तारे प्रि मनसुन सुरु हुने भएकोले हल्का पानी पर्ने क्रम शुरु हुने उनले बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० फागुन २०८०, १६ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी तीन प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यी ५ प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?