एमाले बैठक स्थलमा प्रविधि प्रदर्शनी

सफल खबर संवाददाता

विहीबार, १० फागुन २०८०, १४ : ३०
एमाले बैठक स्थलमा प्रविधि प्रदर्शनी

काठमाडौँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक स्थलमा सो पार्टीको केन्द्रीय विज्ञान तथा प्रविधि विभागले पार्टी केन्द्रीय कार्यालय, च्यासल परिसरमा ‘प्रविधि प्रदर्शनी’ आयोजना गरेको छ ।

सो विभागका सचिव सञ्जिव रोकाहाले विकास र समृद्धिका साथै प्रविधिलाई पनि पार्टीले महत्त्व दिनुपर्ने सोचलाई स्थापित गर्न प्रदर्शनी आयोजना गरिएको बताए। प्रदर्शनीमा विभिन्न प्रविधि कम्पनीले सहभागिता जनाएका छन् ।

प्रविधि कम्पनी रामलक्ष्मणको डिजिटल ठेगाना कता हो ? भन्ने जानकारीका साथै ड्रोन रोबटको प्रदर्शनी, लघुउद्यमसम्बन्धी नेपालमै मेसिन बनाउने भूमि सप्लायर्स कम्पनीका दुनाटपरी बनाउने मेसिन, फाइबर उत्पादन, केराका पातबाट डोरी बनाउने मेसिन, गल्लीको नक्साबारे जानकारी, अग्र्यानिक कृषि औषधि र मिनी हाइड्रोबारे जानकारी दिने कक्षा राखिएको रोकाहाले बताए ।

प्रदर्शनीको बुधबार पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेललगायत नेताहरूले अभिरुचिपूर्वक अवलोकन गरी प्रविधिबारे जानकारी लिएका थियो ।

प्रतिक्रिया दिनुहोस