बागलुङ । राष्ट्रपति पौडेलले हाम्रो संस्कृति, धर्म, परम्परा, मान्यता र मुल्यहरुले समाजलाई बाँधेर राखेको र अनुशासित बनाएको बताएका छन् । बागलुङको धार्मिक तथा पर्यटकीयस्थल सर्वसिद्धिधाम पञ्चकोटमा संचालित अनन्तश्री ब्रह्माण्डीय महायज्ञमा उपस्थित भएका राष्ट्रपति उक्त कुरा बताएका हुन्।
राष्ट्रपति पौडेलले महायज्ञमा बोल्दै नेपाल तप भुमिको रुपमा रहेको बताउँदै ठूला ऋषिमुनीहरुले तपस्या गर्ने ठाउँको रुपमा चिनिने उल्लेख गरे। ‘नेपाल भूमि सबैभन्दा ठूला ऋषिमुनीहरुले तपस्या गर्ने ठाउँ हो,’ राष्ट्रपति पौडेलले भने,‘यो जमिन, यो भुमि, नदीहरु, गण्डकी, कर्णालीहरु सबै पवित्र अविरल धारा बगाइ रहेका छन् । यसले सारा जीवन सिंचित भइरहेको छ ।’
राष्ट्रपति पौडेलले महायज्ञमा आफूले अत्यन्त आह्लादित, आनन्दित र उन्मुक्त अवस्थाको अनुभव गरेको बताए । ‘पञ्चकोट प्रकृतिले सिंगारिएको ठाउँ छ । यहाँ आउँदा मन अत्यन्त आनन्दित, उन्मुत्तः अवस्थाको मैले अनुभव गरेको छु,’ उनले भने,‘प्रकृतिलाई शान्त गराउने, राष्ट्रलाई शान्ति दिने, उन्नति दिने काम महायज्ञले गर्नेछ । महायज्ञले सबैलाई पवित्र बनाउँछ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० फागुन २०८०, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश
ओलीलाई समवेदना दिन गुन्डु पुगे राष्ट्रपति पौडेल
यस्तो छ राष्ट्रपति पौडेलले राष्ट्रका नाममा गरेको सम्बोधनको पूर्णपाठ
सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट