ललित राजवंशीले लिए नामिबियाको सातौँ विकेट

सफल खबर संवाददाता

बुधबार, ०९ फागुन २०८०, १४ : ५२
ललित राजवंशीले लिए नामिबियाको सातौँ विकेट

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको बुधबारको खेलमा नेपालले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको नामिबियाले सातौँ विकेट गुमाएको छ ।

नामिबियाको सातौँ विकेट ललित राजवंशीले लिएका हुन् । उनले नामिबियाका आठौँ नम्बरका ब्याट्सम्यान जेन ग्रिनलाई ६ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरे । ३४.२ ओभरमा ग्रिन आउट हुँदा नामिबियाले एक सय ४२ रन बनाएको छ । नामिबियालाई जितका लागि ९४ बलमा २७ रन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस