कांग्रेस महासमिति बैठक आज पनि, प्रतिवेदन पेस गरिने

सफल खबर संवाददाता

मंगलबार, ०८ फागुन २०८०, ०७ : ०४
कांग्रेस महासमिति बैठक आज पनि, प्रतिवेदन पेस गरिने

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक सोमबारबाट सुरु भएको छ। 

ललितपुरको गोदावरीमा सोमबारबाट भएको महासमिति बैठकमा मंगलबार विभिन्न प्रतिवेदन पेस गरिने भएको छ। 

मंगलबार बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक र अर्थमन्त्रीसमेत रहेका डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेस गर्ने तय भएको छ।

प्रतिक्रिया दिनुहोस