काठमाडौं । महासमिति बैठकका लागि महामन्त्री गगन थापाले तयार पारेको सांगठनिक प्रतिवेदन संशोधनका लागि भएको छलफल बिनानिष्कर्ष टुंगिएको छ ।
सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले सहमति जुटाउन नसकेपछि पुन छलफल गर्ने गरी बैठक सकिएको हो । ‘मुख्य कुरा चुनावअघिको गठबन्धन नगर्ने संकल्प गरौं भन्ने विषयमा सहमति जुट्न सकेन,’ कांग्रेसका एक नेताले भने, ‘दुवै पक्ष लचक नभएपछि उद्घाटनपछि फेरि बैठक बस्ने कुरा भएको छ ।’
संस्थापन पक्षले ‘प्रि-इलेक्सन एलायन्स’ नगर्ने संकल्प गर्ने प्रस्तावप्रति आपत्ति जनाएका छन् । तर, महामन्त्री थापा प्रतिवेदनबाट उक्त विषय हटाउन तयार छैनन् । शनिबार, आइतबार पनि सोही विषयमा छलफल भएपनि सहमति हुन सकेको थिएन ।
भविष्यमा हुने आवधिक निर्वाचनहरुमा निर्वाचन पूर्वगठबन्धन नगर्ने संकल्प गर्ने उल्लेख छ । चार वर्ष पछिको निर्वाचनका लागि अहिले नै किन निर्णय लिनु भन्ने संस्थापन पक्षको भनाइ छ । महाधिवेशन कार्यतालिका र विधानसँग बाझिएका विषयमा संशोधनमा नेताहरु सहमत भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ फागुन २०८०, १३ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टीका रूपमा चिन्दैन’: गगन थापा
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन सफलताको कामना गर्दै गगन थापाले दिए यस्तो शुभकामना
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा