काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले कर्णाली प्रदेशका सबै कमिटी विघटन गरेको छ।
आइतबार बसेको सचिवालय बैठकले प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति र विभाग विघटन गर्ने निर्णय गरेको महामन्त्री मुकुल ढकालले बताए।
कर्णाली प्रदेशमा ३ महिने ‘कर्णाली विशेष अभियान’ सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ। यो अभियानमा संसदमा कर्णालीका मुद्दाहरुलाई विशेष प्राथमिकतासाथ उठान गर्दै सरकारलाई घच्घच्याउने र पार्टी संगठनका गतिविधि एवं कार्यक्रमहरुलाई व्यापक रुपमा अगाडि बढाइने महामन्त्री ढकालले बताए। रास्वपाले पार्टीको विभिन्न केन्द्रीय विभागमा सदस्यहरु मनोनयन गर्दै जिम्मेवारी हेरफेर समेत गरेको छ।
केन्द्रीय मानवीय विकास प्रवर्धन विभागको उपप्रमुखमा पवन देवकोटा, केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागको सदस्यमा ज्ञानेन्द्र महतारा, केन्द्रीय विधेयक मन्थन विभागको सदस्यमा भोजराज क्वालिटी, केन्द्रीय मानव अधिकार विभाग सदस्यमा गणेश पौडेल र केन्द्रीय संगठन विभाग सदस्यमा दिपक विश्वकर्मा मनोनीत भएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ फागुन २०८०, ०९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको समानुपातिकतर्फ ३८७ जना आकांक्षीको अन्तिम सूची सार्वजनिक
सरकारी टोलीद्वारा रास्वपा पार्टी कार्यालय अनुगमन
रवि कारागारबाट बाहिरिएपछि पुराना दलहरू आत्तिए : रास्वपा
जेन जेड अगुवा पुरुषोत्तम यादवले दिए रास्वपा समानुपातिक उम्मेदवारका लागि आवेदन
रास्वपाको समानुपातिक उम्मेदवार बन्न आवेदन दिएकाहरूको नामावली सार्वजनिक
जेनजी अभियन्ता यादव रास्वपाको राजनीतिमा, समानुपातिक उम्मेदवार बनाउने तयारी