काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रवार तोलामा ६ सय रुपैयाँले बढ्दै १ लाख १७ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप ५ सय रुपैयाँले बढेको हो ।
आज छापावाला सुन प्रतितोला १ लाख १७ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रवार चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ फागुन २०८०, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले सुन–चाँदीको आयात महसुलमा भारी वृद्धि
सुनको मूल्य तोलामा १८ सयले बढ्यो, कतिमा हुदैछ कारोबार ?
तोलामा २ हजार ७ सय रुपैयाँले बढ्यो सुन
तोलामा २२ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनचाँदीको भाउ, कतिमा हुदैछ कारोबार ?