काठमाडौँ । अर्थमन्त्री डा.प्रकाश शरण महतले आफूले प्रधानमन्त्रीसँग छलफल गरेर नै बजेटको अनुमानित खर्चको आकार घटाइएको दाबी गरेका छन् ।
बुधबार बजेटबारे प्रस्ट पार्न मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री महतले प्रधानमन्त्रीसँग छलफल र समन्वय गरेर नै बजेटको अनुमानित खर्चको आकार घटाएको दाबी गरेका हुन् ।
त्यस्तै उनले अर्थमन्त्री डा.महतले खर्चको आकार घटाउने सवालमा प्रधानमनत्रीसँगको समन्वयमै भएको जिकिर गरे ।
‘बजेटको विषयमा सिस्टम भित्र घनिभूत छलफल हुन्छ । प्रधानमन्त्रीसँग, अर्थमन्त्रालयभित्र स्वच्छ वृहत् छलफल हुन्छ । प्रधानमन्त्री आफ्नो विचार राख्नुहुन्छ र हामीले पनि आफ्नो भनाइहरू राख्छौँ । यसै बजेटको सिलिङ वा आकार घटाउने भन्ने हुँदैन’ अर्थमन्त्रीले महतले भने, ‘अहिले बजेट खर्चको अनुमान घटाउँदा प्रधानमन्त्रीसँग वृहत् छलफल भएको छ । विषयलाई अतिरञ्जित गरिदिनु भएन ।’
माघ २९ गते अर्थमन्त्री महतले अर्धवार्षिक समीक्षाका क्रममा २ खर्ब २१ अर्ब बजेट घटाउने बताएका थिए । बजेट घटाएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि जनाएको समाचार रातोपाटीले प्रकाशित गरेको थियो । त्यसलगत्तै उनी आफ्नो बचाउमा उत्रिएका हुन् ।
बजेट कार्यान्वयनका सवालमा राष्ट्रिय योजना आयोगले दिएको सुझावलाई समेत अर्थ मन्त्रालयले विशेष अध्ययन र मनन् गर्ने गरेको अर्थमन्त्रीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ फागुन २०८०, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थमन्त्रीले गरे निजी क्षेत्रसँग भेटवार्ता
अर्थमन्त्रीको पदभारमा पुगेका शालिकरामले जंगिदै भने- पहिला सचिव फेर्नुस्
अर्थमन्त्री रामेश्वर खनाल पहिलो वरीयतामा
अर्थमन्त्री र सचिवहरुबीच कार्यसम्पादन सम्झौता
यथार्थपरक बजेट कार्यान्वयनमा जुट्न मन्त्री र अधिकारीलाई अर्थमन्त्रीको निर्देशन
निर्धारित समय अगावै नेपाल ग्रे लिष्टबाट बाहिर निस्किन्छ: अर्थमन्त्री