काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ९ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ ।
बिहीबारको केन्द्रीय समिति बैठकमा महासमिति बैठकमा प्रस्तुत गर्न तयार गरिएका प्रतिवेदनहरू छलफलका लागि प्रस्तुत गरिएको थियो । बैठकमा उपसभापति पूर्णबहादुर खड्काले पार्टीको नीति, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीति र महामन्त्री गगन थापाले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उपसभापति खड्काको नीति प्रस्तावमा राजनीतिक, आर्थिक, सामाजिक र परराष्ट्र नीति समेटिएको छ । नीति प्रस्तावमा उक्त विषयका वर्तमान चुनौती र समाधानका लागि पार्टीको प्रतिबद्धता पनि उल्लेख गरिएको छ ।
महामन्त्री थापाको सांगठिनक प्रस्तावमा पार्टीको वर्तमान अवस्था, साङ्गठनिक गतिविधि, नेता कार्यकर्ताको मनोविज्ञान, निर्वाचनमा गठबन्धन गर्ने नीति, मिसनमा प्रस्टता, जिम्मेवारी र जबाफदेही, १५ औँ महाधिवेशनको कार्यतालिका लगायतका विषय समेटिएको छ ।
यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्ताव समकालीन समाज, युवामा छाएको निराशा, आक्रोश र त्यसको समाधानको उपायमाथि केन्द्रित छ ।
उक्त तीनवटा प्रस्तावमाथि आज थप छलफल हुने सूचना सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले बताए । उनका अनुसार आजको बैठकमा पार्टीका केन्द्रीय सदस्यले नीति, साङ्गठनिक र समसामयिक राजनीतिक प्रस्तावमाथि सुझाव दिने छन् । शनिबार बस्ने केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्यको सुझावलाई समेट्ने गरी तीनवटै प्रस्ताव महासमिति बैठकका लागि अनुमोदन गर्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ फागुन २०८०, ०८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै
मुख्यमन्त्री बानियाँमाथि गरिएको छानबिन प्रक्रियाबारे काँग्रेसको असन्तुष्टि
कांग्रेसले बोलायो संसदीय दलको बैठक
लिपुलेक हुँदै कैलाश मानसरोवरको यात्रा सञ्चालन गर्ने भारत–चीनको सहमतिप्रति काँग्रेसको आपत्ति
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक