काठमाडौँ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार समितिले वन क्षेत्र आसपासका स्थानीयका आवश्यकता र समस्याहरुलाई प्राथमिकतामा राख्दै वन ऐनलाई संशोधन गर्न अध्ययन प्रतिवेदन सभामा पेस गर्ने भएको छ ।
समितिको बिहीबार बसेको बैठकमा निकुञ्ज आरक्षण क्षेत्रको सम्बन्धमा स्थानीयहरुसँग लिएका सुझाव तथा गुनासाहरुसहितको प्रतिवेदन सभामा लाने समिति सभापति दिल कुमारी रावल थापाले जानकारी दिइन् ।
उनले भनिन्, ‘राष्ट्रिय सभाको राष्ट्रिय सरोकार समितिले निकुञ्ज आरक्षण क्षेत्रको सम्बन्धमा पनि हामीले सम्भव भएका ठाउँका स्थानीयहरुसँग सुझाव तथा गुनासाहरु टिपोट गरेका छौँ । सम्भव भएसम्म हामी यो प्रतिवेदन सभामा लग्ने तयारीमा छौँ । त्यो भन्दा अगाडी समितिमा कार्ययोजना बनाउँछौँ ।’ थुप्रै समस्याहरु रहेको बताउँदै निकुञ्ज ऐनको समयानुकूल सुधार गर्नुपर्ने उनको भनाइ थियो ।
राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको राष्ट्रिय निकुञ्ज, आरक्षण र संरक्षित क्षेत्रको विद्यमान अवस्था र संरक्षणमा सामुदायिक वन उपभोक्ता महासंघको भूमिकाका सम्बन्धमा छलफल गर्न बोलाइएको बैठकमा सांसदहरुले निकुञ्ज ऐन ल्याउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ फागुन २०८०, १६ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरोकारवालासँग परामर्शपछि मात्रै विधेयक प्रक्रिया अघि बढ्ने राष्ट्रिय सभा अध्यक्ष दाहालको दाबी
राष्ट्रिय सभाका समिति सभापतिहरूले लिए शपथ
राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ
राष्ट्रिय सभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रिय सभामा नेकपाको संसदीय दलको नेतामा झक्कु सुवेदी
एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन