नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा नियुक्ति लिएको आरोपमा शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सफल खबर संवाददाता

मंगलबार, ०१ फागुन २०८०, १४ : ००
नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा नियुक्ति लिएको आरोपमा शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं। नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर नियुक्ति लिएको आरोपमा कास्कीको श्रीराम प्राथमिक विद्यालयकी शिक्षिका विन्दु गौतम शर्माविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

प्राथमिक तहको स्थायी नियुक्तिका लागि शर्माले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलवार विशेष अदालत काठमाडौं मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार पोखरा महानगरपालिका - ८ मा सञ्चालित विद्यालयकी शिक्षिका शर्माको शैक्षिक योग्यताको प्रमाणपत्रहरू नक्कली भएकोले छानबिनको आग्रह गर्दै आयोगमा उजुरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस