काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीहरूसँग छलफल गरेपछि केन्द्रीय समितिको दोस्रो दिनको बैठक सुरु भएको छ ।राष्ट्रिय सभागृहमा जारी बैठकमा आज नेताहरूको राखेको प्रश्नको प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले जवाफ दिएर टुंग्याउने तयारी छ।
हिजोको बैठकमा कोशी प्रदेशका इन्चार्ज चक्रपाणि खनाल र अध्यक्ष हर्कबहादुर नेम्वाङ, मधेस प्रदेशका इन्चार्ज लीलामणि पोखरेल, बागमती प्रदेशका इन्चार्ज जनार्दन शर्मा र अध्यक्ष सरल सहयात्री पौडेल, गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेल र अध्यक्ष गायत्री गुरुङले पार्टीको चार महिने अभियानबारे रिपोर्टिङ गरेका थिए।
यस्तै, कर्णाली प्रदेशका इन्चार्ज मातृकाप्रसाद यादव, उपत्यका विशेष प्रदेशका इन्चार्ज वर्षमान पुन, सम्पर्क समन्वय समितिका इन्चार्ज गिरिराजमणि पोखरेल प्रवास समितिका इन्चार्ज सुरेन्द्र कार्कीले अभियानको बारेमा बैठकलाई जानकारी गराए।
रिपोर्टिङका क्रममा नेताहरूले अभियानले पार्टी र जनताबीचको सम्बन्ध विस्तार भएको, पार्टीमा पुनः जीवन प्राप्त भएको बताएका थिए। बैठकमा समसामयिक राजनीतिक विषय बाहेक पार्टीको काम र आगामी फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि आज छलफल हुँदैछ। बैठकअघि प्रचण्डले विधानमा साझा समझदारी बनाउन पदाधिकारीहरूसँग छलफल गरेका थिए।
माओवादी केन्द्रले आगामी फागुन १, २ र ३ गते राजधानीमा विधान सम्मेलन गर्दैछ। त्यसबारे यसअघि दुई दिन स्थायी कमिटीमा छलफल गरेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ माघ २०८०, १२ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीले भन्यो-‘शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गर्यो’
शिक्षक आन्दोलनमा माओवादी केन्द्रको ऐक्यबद्धता
बोल्दा निरङ्कुश सरकारले आफ्नै मन्त्रीलाई बर्खास्त गर्यो : माओवादी केन्द्र
राजावादीको रणनीति असफल भयो: प्रचण्ड
आज अलग भएपनि राजनीतिमा भोलि जे पनि हुनसक्छ : प्रचण्ड
सरकारले बिचौलिया र दलालहरूको पक्षपोषण गरिरहेको छ: महासचिव गुरुङ