आफ्नो नाममा घरजग्गा नहुने ज्येष्ठ नागरिक अपहेलित

पत्रपत्रिकाबाट

सोमबार, २९ माघ २०८०, ०७ : ४०
आफ्नो नाममा घरजग्गा नहुने ज्येष्ठ नागरिक अपहेलित

काठमाडौ । आफ्नो नाममा घरजग्गा नहुने ज्येष्ठ नागरिकले अपहेलित हुनुपरेको देखिएको छ । ज्येष्ठ नागरिकका समस्या पहिचान गर्न थालिएको अध्ययनको व्रmममा यस्तो पाइएको हो ।

ज्येष्ठ  नागरिकबारे  अध्ययन  गरिरहेको  जेरियाट्रिक सोसाइटी नेपालका कार्यकारी निर्देशक युवराज  रोकाका  अनुसार  देशभर  यस्ता  समस्या  देखिएको छ ।

“देशैभर पुगेर ज्येष्ठ नागरिक बारेमा अध्ययन गर्दा धेरै खालका समस्या भोगेको पाइयो,” रोकाले भने, “आफ्नो नाममा सम्पत्ति हुँदा ज्येष्ठ नागरिकले सम्मान पाएका छन् तर घरजग्गा र रकम छोराछोरीका  नाममा  राख्दा  अपहेलित  भएका  र  हेपिएका छन् । उजुरी दिँदा पनि सुनुवाइ गर्ने निकाय नभएको पाइयो । उजुरी दिए झन् समस्या हुने गुनासो उनीहरूको छ ।” गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस