काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा स्थायी कमिटी सदस्यहरूले विधानको मस्यौदामाथि धारणा राखिरहेका छन् ।
शुक्रबार मस्यौदा समितिका संयोजक र सदस्यले विधानका व्यवस्थाबारे धारणा राखेपछि शनिबार काठमाडौंको पेरिसडाँडामा बसिरहेको स्थायी कमिटीका सदस्यहरूले विधानका व्यवस्थामा धारणा राखिरहेका छन् ।
शुक्रबार पार्टीले लिखित धारणा राख्न पनि नेताहरूलाई निर्देशन दिएको थियो । माओवादीमा विधान शंसोधन गरेर १५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरिएको छ।
तर मस्यौदा समितिका सदस्यहरूले पार्टीका विभिन्न पदका लागि समयावधि तोक्नुपर्ने, नयाँलाई नेतृत्वमा पुग्ने गरी बाटो खोल्नुपर्नेसहितका विषयमा पूरक प्रस्ताव दर्ता गराएका छन् ।
स्थायी कमिटीले केन्द्रीय कमिटी बैठकको लागि मस्यौदालाई छलफलको लागि अघि बढाउनेछ । केन्द्रीय कमिटीले मस्यौदालाई प्रस्तावको रुपमा अगाडि बढाएपछि फागुन १ देखि माओवादीको विधान सम्मेलन हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ माघ २०८०, १३ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी बैठकबाट पार्टी एकताको एजेन्डा पारित
माओवादी बैठक उदघाटनमा होहल्ला, पत्रकारलाई बाहिर निकालियो
माओवादी बैठक सुरु
माओवादी बैठक- नेताहरूले धारणा राख्ने क्रम जारी