काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राज्यको सम्पत्ति दोहन गर्ने र सहकारी ठगी गर्ने जोसुकै भए पनि पाता कसेर कारबाही गरेमात्रै विधिको शासन हुने बताएका छन् । कांग्रेसको काठमाडौं जिल्ला सम्मेलनमा बोल्दै थापाले दोषी जोकुकै भए पनि उम्कन नमिल्ने बताएका हुन् ।
‘दोषी जोसुकै भए पन उम्कन मिल्दैन, तर निर्दोष पर्नुहुन्न । सर्वसाधारण नागरिकले देशको सार्वजनिक सम्पत्ति लुटेर लिए दण्ड हुन्छ । कसैले सहकारीलाई ठग्यो भने दण्ड हुन्छ । सुब्बाले राज्यको ढुकुटी दोहन गरे दण्ड हुन्छ’, थापाले भने, ‘भ्रष्टाचार ठगीमा कोही भीआईपी हुँदैन । जतिसुकै शक्तिशाली भए पन भीआईपी हुँदैन ।’
शक्तिशालीलाई पनि कारबाही गर्नका लागि कांग्रेसले दरिलो आवाज उठाउनुपर्ने उनले बताए । ‘नक्कली कागज बनाएर नागरिकता बनाए पाता कसेर लान्छ । शक्तिशाली पनि पाता कसेर लगे विधिको शासन हुन्छ’, थापाले भने, ‘कांग्रेसले छाती खोलेर माथिदेखि तलसम्म विधिको शासनका लागि पहल, प्रभावकारी काम र अग्रसरता लिनुपर्छ ।’
३३२ वटा पालिका ३ हजार २६८ वडामा कांग्रेस रहेको भन्दै गुनासो नभई काम गर्न उनले आग्रह गरेका छन् ।
‘अरू पार्टीले चार वर्षपछि सम्हाल्छौं भन्न पाउँछन् । रातारात चमत्कार गर्छु भन्न सक्छन्’ थापाले भने, ‘तर स्थानीय तह, वडा, प्रदेश र केन्द्रको सरकारमा हामी छौं । यसैले सम्हाल्ने काम हाम्रो हो । वडा, संघमा मन्त्री भएकोले जिम्मेवार भएर काम गर्नुपर्छ । डेलिभरी दिनैपर्छ । सुशासनलाई पार्टीले मन्त्र बनाउनुपर्छ । कुशासनबाट नागरिक आजित छन् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ माघ २०८०, १४ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गिरिबन्धु टि-स्टेट प्रकरणको निर्णय गर्नेलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ: महामन्त्री थापा
नीति तथा कार्यक्रम मात्रै होइन, सरकारका कुनै पनि काम कारबाही अगाडि बढ्न दिँदैनौं : गगन थापा
नेपालमा सबै भत्किने र बिग्रिने मात्रै भएको छैन, साना कुरामा बाटो समातिरहेका छौं : गगन थापा
चुनावी प्रचारबाट फर्किएलगत्तै अमेरिका उडे महामन्त्री थापा
सुशासन र विकास कांग्रेसको ‘एजेन्डा’ बन्नुपर्छ : गगन थापा
एमालेसँग गगनको प्रस्ताव– ३० सिटे दलले तर्साउने खेल बन्द गर्न सहकार्य गरौं