कोसी सरकारसँग पहिचानवादीको वार्ता आज पनि

सफल खबर संवाददाता

शुक्रबार, २६ माघ २०८०, ०९ : ५७
कोसी सरकारसँग पहिचानवादीको वार्ता आज पनि

काठमाडौं । कोसी सरकार र पहिचानवादीबीचको वार्ता आज पनि हुँदै छ । 

प्रदेश राजधानी विराटनगरस्थित बिग होटेलमा बिहीबार भएको छलफल सकारात्मक भएपछि आज पनि वार्ता हुन लागेको हो ।

सरकारी वार्ता टोलीका संयोजक भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुका अनुसार हिजाेकाे छलफलमा दुवै पक्षले आ–आफ्ना कुरा राखेको बताएका थिए ।