बेलायतका राज्यमन्त्री मिचेल नेपाल भ्रमणमा आउने

सफल खबर संवाददाता

विहीबार, २५ माघ २०८०, २१ : ००
बेलायतका राज्यमन्त्री मिचेल नेपाल भ्रमणमा आउने

काठमाडौं । बेलायतका विदेश राज्यमन्त्री एन्ड्रयु मिचेल नेपाल भ्रमणमा आउने भएका छन् । बेलायतको विदेश, राष्ट्रमण्डल र विकास कार्यालयका राज्यमन्त्री मिचेल दुई दिने नेपाल भ्रमणका लागि नेपाल आउने भएका हुन् ।

एक साताअघिमात्र बेलायतका सेनाध्यक्ष प्याट्रिक स्यान्डर्सले चार दिने नेपाल भ्रमण गरी फर्केको केही दिनमा राज्यमन्त्री मिचेन नेपाल आउन लागेका हुन् । अहिलेसम्म घोषणा भइ नसकेको उक्त भ्रमण आगमी २९ माघ र १ फागुनमा हुने कूटनीतिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस