भरतपुर महानगर र माडी नगरबिच भगिनी सम्बन्ध कायम

सफल खबर संवाददाता

विहीबार, २५ माघ २०८०, १९ : ५२
भरतपुर महानगर र माडी नगरबिच भगिनी सम्बन्ध कायम

चितवन । चितवनका दुई स्थानिय तह बीचमा भगिनी सम्बन्ध कायम गरिएको छ । बिहिबार माडीमा एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका र माडी नगरपालिका बीच भगिनी सम्बन्ध कायम गरिएको हो । भरतपुर महानगर प्रमुख रेनु दाहाल र माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतो बीचमा समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

दुई स्थानिय तहका प्रमुखले १० बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेर भगिनी सम्बन्ध अगाडि बढेको जनाए । दुई स्थानिय तहको विकास र समन्यवयका लागि दुई स्थानीय तह बीचमा औपचारीक कार्यक्रम गरेर भगिनी सम्बन्ध कायम गरिएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन् । 

माडीसँग एक दमै सकरात्मक सोच र उदेश्यका साथ भगिनी सम्बन्ध कायम गरिएकाले यो सम्बन्धमा अझै प्रगाढ हुँदै जाने आशा एवम् अपेक्षा गरेको प्रमुख दाहालले बताइन् ।

माडीलाई पर्दा भरतपुरले र भरतपुरलाई पर्दा माडीलाई सहयोग गर्ने गरी विभिन्न समनताका विषयमा एक भएर अगाडि बढ्ने अठोट लिएको प्रष्ट पारिन् । छोटो समयमा अदारुपताका साथ भएको सम्झौता अनुसार कार्यन्वनमा पनि सबैको साथ र सहयोगको अपेक्षा लिएको उनले बताइन् ।

त्यस्तै माडी नगरपालिका प्रमुख महतोले माडी र भरतपुरको सम्बन्ध ५ वर्षमात्र नभइ सधै सधै अगाडि बढोस् भन्ने चाहाना राखेको बताए । यो भगिनी सम्बन्ध माडी नगरपालिकाको लागि पहिलो सम्झौता भएकाले ऐतिहासिक विषय बनेको जानकारी दिए ।

भगिनी सम्बन्धको अवधि पाँच वर्षको रहने छ । भरतपुर महानगरपालिका र माडी नगरपालिका जोडीएका स्थानिय तह हुन् । यसलाई चितवन राष्ट्रिय निकुञ्जले सिमा छुट्टाएको छ । यी स्थानिय तहको समस्या र सम्भावना समान प्रकृतिका रहेका छन् । त्यसैलाई मध्यनजर गदै यहाँका बिकास निर्माण तथा सेवा मुलक कार्यमा संयुक्त योजना बनाउने लक्षय लिईएको दाहालले बताईन् ।

भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ मनाउँदै छ । भरतपुरमा घुम्न आउने पर्यटकहरु माडीमा आउने वातावरण मिलाउन सहज हुने माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले बताईन् । उनले माडी र भरतपुरको बिकासका लागि भगिनी सम्बन्धले महत्वपूर्ण भूमिका खेल्ने बताईन् ।

सो समझदारी पत्रमा भरतपुर महानगरपालिका र माडी नगरपालिकामा रहेका रहेका मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरुको महत्व र विशेषताका आधारमा दुवै स्थानिय तहबाट प्रचार प्रसार गरिने उल्लेख गरिएको छ । यस्तै कृषि, पशुपालन, उद्यमशीलता, शिक्षा, लगाएतका सेवामुलक कामहरुमा सहकार्य गर्ने बताईएको छ ।

दमकल र एम्बुलेन्स सेवाको सञ्चालन तथा बस्ती बिकासका लागि भू उपयोग योजना तर्जुमा गरी अगाडी बढ्ने समझदारी पत्रमा उल्लेख छ ।

कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमु्ख चित्रसेन अधिकारी, माडी नगरपालिकाका उपप्रमुख खेम महतो, भरतपुर महागनरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस