एमाले जिल्ला अधिवेशनः माधव नेपालको क्षेत्रमा ओलीको कार्यक्रम

सफल खबर संवाददाता

विहीबार, २५ माघ २०८०, १२ : ००
एमाले जिल्ला अधिवेशनः माधव नेपालको क्षेत्रमा ओलीको कार्यक्रम

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी ओली पार्टीको जिल्ला कमिटी अधिवेशन उद्घाटनका लागि रौतहट जाँदैछन् । जिल्ला अधिवेशनको उद्घाटनका लागि ओली बिहीवार रौतहटको गरूडा जान लागेका हुन् । 

२०७८ सालमा नेकपा एमाले विभाजन भएपछि रौतहटमा पहिलो पटक जिल्ला अधिवेशन हुँदैछ । नेकपा एमालेका पूर्व महासचिवसमेत रहेका माधव नेपालको निर्वाचन क्षेत्रमा एमालेको कार्यक्रम हुँदैछ ।ओलीसहित एमाले महासचिव शंकर पोखरेललगायत नेता पनि जिल्ला अधिवेशनमा सहभागि हुँदैछन् ।

प्रदेश अधिवेशन सकिएपछि अहिले एमालेको जिल्ला अधिवेशन चलिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस