संघीयता कार्यान्वयनमा दृढतापूर्वक लाग्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

सफल खबर संवाददाता

बुधबार, २४ माघ २०८०, १५ : ०१
संघीयता कार्यान्वयनमा दृढतापूर्वक लाग्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तनको मुख्य संवाहक हुनुका नाताले सङ्घीयताको कार्यान्वयनमा दृढताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज (बुधबार) आयोजित राष्ट्रिय समन्वय परिषद्को दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् परिषद्का अध्यक्ष प्रचण्डले संघीयता कार्यान्वयनमा प्रदेशका मुख्यमन्त्रीहरुले आफूमाथि गरेको भरोसालाईु शक्तिको रुपमा लिएर लागिपर्ने बताएका हुन् ।

“सङ्घीयता कार्यान्वयनमा मुख्यमन्त्रीहरूले मप्रति भरोसा गर्नुभएको छ, यही शक्तिका साथ सङ्घीयता कार्यान्वयनमा लाग्छु,”– उनले भने । बैठकमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्ण बहादुर खड्का, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, सातवटै प्रदेशका मुख्यमन्त्रीहरु, संसदमा प्रमुख प्रतिपक्षी दलका प्रतिनिधि, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नगरपालिका तथा गाउँपालिका राष्ट्रिय महासंघका प्रतिनिधि, नेपाल सरकारका मूख्य सचिव तथा सचिवहरु लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस