काठमाडौँ । सङ्घीय संसद् सचिवालयको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलवार पाण्डेयलाई महासचिव पदमा नियुक्त गरेका हुन् ।
संविधानको धारा १०६ को उपधारा (१) बमोजिम रिब्दिकोट गाउँपालिका- १ का पाण्डेयलाई संसद् सचिवालयको महासचिवमा पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको सिफारिसमा राष्ट्रपति पौडेलले पाण्डेयलाई नियुक्त गरेका हुन् । महासचिव पदमा नियुक्त हुनुअघि प्रतिनिधि सभा सचिवबाट पाण्डेयले दिएको राजीनामा स्वीकृत गरी राष्ट्रपति पौडेलले महासचिव पदमा नियुक्त गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ माघ २०८०, १९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व प्रतिस्थापन विधेयकमा समयको चाप
संसद्को बजेट अधिवेशन मध्यरातदेखि अन्त्य गर्ने सरकारको निर्णय