टेरामक्स खरिद प्रकरणमा नाम जोडेर अफवाह फैल्याइयो : ज्ञानेन्द्र कार्की

सफल खबर संवाददाता

सोमबार, २२ माघ २०८०, १९ : ५९
टेरामक्स खरिद प्रकरणमा नाम जोडेर अफवाह फैल्याइयो : ज्ञानेन्द्र कार्की

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टेरामक्स खरिद प्रकरणमा आफ्नो नाम जोडिएको सन्दर्भमा कुनै प्रतिक्रिया नभएको बताएका छन्।

सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वमन्त्री कार्कीले टेरामक्स खरिद प्रकरणको सन्दर्भमा आफ्नो नाम जोडेर अफवाह फैल्याइएको बताएका हुन्। उनले यस सन्दर्भमा आफ्नो कुनै प्रतिक्रिया नभएको बताए । उनले स्वस्थ पत्रकारिता गर्न आग्रह समेत गरे।

उनले भने, ‘म अफवाहको भरमा, मेरो यसमा कुनै प्रतिक्रिया छैन। र तपाईँहरूलाई पनि स्वस्थ पत्रकारिता गर्नको निमित्त म आग्रह गर्छु। केही कुरा भए म पछि तपाईँहरूसँग कुरा गर्नेछु। तपाई अनुसन्धान गर्नुस् जानुस्।’

 

प्रतिक्रिया दिनुहोस