नेपाल विद्यार्थी संघको महाधिवेशन कात्तिक १६ देखि १८ गतेसम्म

सफल खबर संवाददाता

आइतबार, २४ भदौ २०७५, १८ : ४२
नेपाल विद्यार्थी संघको महाधिवेशन कात्तिक १६ देखि १८ गतेसम्म

काठमाडौँ । नेपाली कांगे्रस निकट नेपाल विद्यार्थी संघले आगामी कात्तिक १६ देखि १८ गते सम्म महाधिवेशन गर्ने  भएको छ ।
नेविसंघको केन्द्रीय कार्य समिति बैठकमा आगामी कात्तिक १६ देखि १८ सम्म महाधिवेशन गर्न कार्यतालिको सार्वजनिक गरेको हो । नेविसंघकोे महिधिवेशन कार्तिक १६ गते उद्घाटन १७ गत्ते बन्द सत्र र १८ गत्ते मतदान गर्ने कार्यतालिका  रहेको छ । कार्यतालिका अनुसार असोज  ७ गत्ते मावि र क्याम्पसको अधिवेशन, असोज १२ गते महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको अधिवेशन सम्पन्न गर्ने नेविसंघले प्रस्ताव गरेको छ ।
कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा भएको बैठकले कार्यतालिका पेस गरेसँगै विधान र नियमावलीमाथि छलफल सुरु भएको नेविसंघले जनाएको छ । महाधिवेशन सम्बन्धी निर्देशन समितिका सदस्य नवीन्द्रराज जोशीले नेपालको राजनीतिमा लोकतान्त्रिक आन्दोलनमा  सवैभन्दा मजबुत संगठनको रुपमा चिनिएको बताउनुभयो ।

महाधिवेशनस्थलको भने टुंगो लागिनसकेको  नेवि संघका अध्यक्ष नैनसिंह महरले जानकारी दिनुभयो । काठमाडौं, धनगढी, झापा, बुटवल, हेटौडा, जनकपुरमध्ये एक ठाउँमा महाधिवेशन गर्ने उहाँको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस