निधन भएको भनिएकी पुनम पाण्डे जीवितै, झूटो पोस्ट गरेकोमा फ्यानसित माफी मागिन्

सफल खबर संवाददाता

शनिबार, २० माघ २०८०, १३ : ५५
निधन भएको भनिएकी पुनम पाण्डे जीवितै, झूटो पोस्ट गरेकोमा फ्यानसित माफी मागिन्

काठमाडौं । भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डे जीवितै रहेको खुलेको छ ।

उनको इन्स्टाग्राम एकाउन्टमार्फत शुक्रबार पाण्डेको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु भएको सार्वजनिक भएको थियो । इण्डिया टुडेका अनुसार, उनका म्यानेजरले समेत पाण्डेको ३२ वर्षको उमेरमा निधन भएको बताएका थिए ।

तर, शनिबार इन्स्टाग्राममा भिडियो पोष्ट गर्दै पुनमले ‘आफू जीवितै रहेको’ खुलाएकी छन् । आफ्नो पुरानो पोष्टले धेरैलाई दुःखाएको प्रति माफी माग्दै पुनमले भनेकी छन्, ‘हो, मैले मेरो मृत्युको झुठो खबर फैलाएँ तर, मैले सर्भिकल क्यान्सरबारे सचेतना फैलाउनलाई यो गरेकी थिएँ ।’

मृत्युको खबर सार्वजनिक भएपछि सबैले पाठेघरको मुखको क्यान्सरको कुरा गरिरहेको भन्दै उनले भनेकी छन्, ‘यो यस्तो रोग हो, यसले थाहै नपाइ तपाईंको ज्यान लिन्छ र यो रोगबारे धेरै चर्चा हुनु जरुरी छ, जुन मेरो मृत्युको समाचारले गरेको छ ।’

प्रतिक्रिया दिनुहोस