कांग्रेसलाई असफल बनाउने मिसनमा सरकार : नेता महर

सफल खबर संवाददाता

शनिबार, २० माघ २०८०, १३ : ३२
कांग्रेसलाई असफल बनाउने मिसनमा सरकार : नेता महर

भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले कांग्रेसको ढाडमा टेकेर कांग्रेसकै टाउकोमा हिर्काउने रणनीति अपनाइरहेको र र सोही व्यवहार देखाउन थालेको दावी गरेका छन् ।

नेपाली कांग्रेस चाँगुनारायण नगर समितिको प्रथम सम्मेलनलाई दुवाकोटमा सम्बोधन गर्दै नेता महरले कांग्रेस पार्टीको असफलता रोक्नका लागि वर्तमान गठबन्धनको नेतृत्वबाटै प्रधानमन्त्रीको राजीनामा माग्नुपर्ने बताए । उनले कांग्रेसलाई असफल बनाउने मिसनमा प्रचण्ड सरकार रहेको आरोप समेत लगाएका छन् ।

नेता महरले सरकारले जनपक्षीय काम नगर्ने र त्यसको असफलताको भारी कांग्रेसलाई बोकाउने नीति लिएको दावी गरे । उनले प्रधानमन्त्रीले सुशासन कायम गर्न नसकेको र आलोचना बढ्न थालेपछि कांग्रेसमाथिनै प्रहार साँधेको आरोप समेत लगाएका छन् ।

कांग्रेस नेता र सांसद तथा कांग्रेससँग जोडिएका व्यक्तिहरुलाई सुशासनका नाममा प्रहरी लगाएर दुःख दिन थालिएकोतर्फ संकेत गर्दै उनले सरकार असफल बन्दै गएको बताए ।

प्रतिक्रिया दिनुहोस