काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिसन नै बनाएर गरेको आक्रमणलाई आफूले नटेर्ने बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै जनतासँग रास्वपाप्रति आशा भएकाले नै प्रश्न गरेको बताए ।
उनले भने, ‘अहिले जनताको आशा नै रास्वपासँग छ । आशा नै नभएको दललाई अहिले कसले प्रश्न सोध्छ ? पुराना दलले घुस खायो भन्दा कुनै चासोको विषय नै बन्दैन । खान्थे खाए भन्छन् । तर, हाम्रा माननीयहरूको कहीँ सानो कुरा आउँदा पनि कत्रो समाचार बन्छ । हामीलाई खेदेको होइन । रास्वपाप्रति आशा र भरोसा भएकाले यिनीहरू पनि बिग्रिएका हुन् कि हामीलाई सच्चिने ठाउँ दिएको हुनसक्छ । मिसन नै बनाएर गरेको आक्रमणलाई त म टेर्दा पनि टेर्दिनँ ।
उनले आशा र भरोसासहित गरेको प्रश्नको सम्मान गर्ने बताए । रविले थपे, ‘आज त्यही प्रश्नकै कारणले हामीबाट कहीँ गल्ती हुन्छ कि भनेर सडक, सदन र समितिमा शब्द नापेर हामीले काम गरिरहेका छौँ । तीनै प्रश्नले हो । प्रश्न सोध्न नछोड्नुहोस् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ माघ २०८०, १८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविसहित २९ जनाविरुद्ध मुद्दा दर्ता
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर
रवि लामिछानेको मुद्दामा बहस सकियो
रवि लामिछानेका कानुन व्यवसायीको जवाफी बहस सुरु
रवि लामिछानेको रिट निवेदनमा आज पनि सुनुवाइ
आज पूर्वगृहमन्त्री रविको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ हुँदै