स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा बसौला बर्खास्त

सफल खबर संवाददाता

मंगलबार, १६ माघ २०८०, १६ : २४
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा बसौला बर्खास्त

काठमाडौँ । सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलालाई बर्खास्त गर्ने निर्णय गरेको छ । गत माघ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई हटाउने निर्णय गरेको हो ।बसौलालाई हटाउने निर्णय पत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

 

‘बीमाको कार्यक्रम जुन गतिमा लैजानु पर्ने हो, सो गतिमा लैजान नसकेको र बीमाका विभिन्न प्रदायकको गुनासो सम्बोधन गर्न नसेकाले उहाँलाई बर्खास्त गर्ने निर्णय गरिएको पत्रमा उल्लेख छ,’ उनले भने ।

तीन वर्षअघि बसौलालाई बोर्डमा कार्यकारी निर्देशकका रुपमा नियुक्ति गरिएको थियो । तर बसौलाले आफूलाई बर्खास्त गर्ने निर्णयबारे जानकारी नभएको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस