'दुखी आत्मा' मा आँचल शर्मा

सफल खबर संवाददाता

सोमबार, १५ माघ २०८०, १६ : ४३
'दुखी आत्मा' मा आँचल शर्मा

काठमाडौं । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहने फिल्म 'दुखी आत्मा' मा अभिनेत्री आँचल शर्मा अनुबन्धित भएकी छन्। निर्माण टिम र अभिनेत्री आँचलबीच औपचारिक सम्झौता भइसकेको छ। यसअघि फिल्ममा अभिनेता दयाहाङ राई अनुबन्धित भइसकेका छन्।

क्लक वर्क कृएसन ब्यानरमा बन्ने फिल्मको निर्माता हिमाल कडरिया हुन्। निर्देशक दीपेन्द्र र निर्माता हिमालले यसअघि निर्माण गरेको फिल्म 'नांगो गाउँ' हिट भएको थियो। 'दुखी आत्मा' उनीहरूको दोस्रो सहकार्य हो। यसपछि यही टिमले तेस्रो सहकार्य रूपमा 'नांगो गाउँ २' बनाउने बताएका छन्। 

आगामी चैतमा छायांकन गरिने 'दुखी आत्मा' को स्क्रिप्ट लेखन कार्य अन्तिम चरणमा पुगेको छ। काठमाडौंको सेरोफेरोमा खिचिने सोसियल कमेडी जनराको फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस