काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाले आविष्कार केन्द्र खोल्ने भएको छ । धरानमा रहेको पूर्वाञ्चल इन्जिनियर क्याम्पसमा स्थानीय आविष्कार केन्द्र खोल्न आज क्याम्पससँग उपमहानगरले सम्झौता गरेको हो ।
उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राई र क्याम्पस प्रमुख काजिराम कार्कीबिच स्थानीय आविष्कार केन्द्र खोल्न सहमती पत्र आदान प्रदान भएको मेयर राईका स्वकीय सचिव रसिक लिम्बुले जानकारी दिए ।
क्याम्पस प्रमुख कार्कीका अनुसार पहिलो चरणमा केन्द्रलाई आवश्यक पर्ने करिब २ करोड लागतको भवन उपमहानगरले निर्माण गर्ने सहमती भएको हो । ‘हाम्रो क्याम्पसको हाताभित्र उपमहानगरले भवन निर्माण गर्ने सहमती आज भएको हो । यो सँगै धरानबासीको पनि पहुँच हुनेगरी अन्वेषण गर्न आवश्यक औजार, मेशिन र भौतिक पूर्वाधारको संरचना धरानले बनाउनेछ,’ सम्झौताबारे कार्कीले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ माघ २०८०, १६ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करारका कर्मचारी नहटाउने सहमतिपछि धरानले ल्यायो पौने २ अर्बको बजेट