पाथीभरामा तामाको स्वागतद्धार बनाउने निर्णय

सफल खबर संवाददाता

सोमबार, १५ माघ २०८०, ११ : ४३
पाथीभरामा तामाको स्वागतद्धार बनाउने निर्णय

काठमाडौँ । ताप्लेजुङको प्रसिद्ध पाथीभरा मन्दिर क्षेत्रमा तामाको स्वागतद्धार बन्ने भएको छ । पाथीभरा क्षेत्र विकास समितिले भेटीमा चढाएको तामाबाट क्षेत्र विकास समितिले तीर्थालुका लागि स्वागतद्धार बनाउने निर्णय गरेको हो ।

समितिका अध्यक्ष रक्की थेबेले मन्दिरमा सङ्कलन भएको तामाबाट स्वागतद्धार बनाउने निर्णय भएको बताए । समितिका अनुसार मन्दिरमा ६ हजार ५ सय ३९ किलो तामा सङ्कलन भएको छ ।

‘बिक्री गरेर आम्दानी बाँध्ने या प्रयोग गर्ने भन्ने विषयमा छलफल भएको थियो,’ हाङवाङले भने, ‘क्षेत्र विकास समितिको बैठक र अन्य सङ्घसंस्थाको सुझाव प्रयोग गरौँ भन्ने आएकोले स्वागतद्धार बनाउने तयारी भएको हो ।’यसअघि पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिले माथिल्लो फेदीमा पनि तामाकै द्वार निर्माण गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस