आईसीसीले श्रीलंकामाथि लगाएको निलम्बन हटायो

एजेन्सी

सोमबार, १५ माघ २०८०, १० : ५२
आईसीसीले श्रीलंकामाथि लगाएको निलम्बन हटायो

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले गत नोभेम्बरमा श्रीलंका क्रिकेट बोर्डमाथि लगाएको निलम्बन हटाएको छ । आइतबार बसेको बोर्ड बैठकले तत्काल लागु हुने गरी निलम्बन हटाएको हो ।

सन् २०२३ को विश्वकपमा भारतसँगको लज्जास्पद हारपछि श्रीलंकाका खेलकुद मन्त्री रोशन रानासिङ्घेले श्रीलंका क्रिकेट बोर्डका सबै सदस्यलाई बर्खास्त गरेका थिए ।
श्रीलंका क्रिकेट बोर्ड प्रशासनमा सरकारको व्यापक हस्तक्षेप भएको भन्दै आईसीसीले निलम्बन गरेको थियो । त्यसैको कारण यू–१९ विश्वकप श्रीलंकाबाट दक्षिण अफ्रिकामा सरेको हो ।

श्रीलंकामा हुने तय भए पनि बोर्ड नै निलम्बनमा परेपछि प्रतियोगिता दक्षिण अफ्रिका सार्नुपरेको थियो । श्रीलंकाको क्रिकेट टोलीलाई भने आईसीसीले अन्तर्राष्ट्रिय खेल खेल्न कुनै रोक लगाएको थिएन ।

अहिले श्रीलंका क्रिकेट बोर्डले सदस्यको दायित्व उल्लंघन नगरेको आईसीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस